सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १२% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजन पछिको भाउ ४२१ रुपैयाँ निर्धारण भएको छ ।
यहि भाउलाई आधार मानेर मंगलबार बैंकको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन सोमबारको अन्तिम कारोबार मूल्य ४७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
सिद्धार्थ बैंकले माघ १६ गते बस्ने साधारण सभाको लागि मंगलबार पुस २८ गते बुक क्लोज गरेको छ । सोमबार पुस २७ गतेसम्म कायम सेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउने छन् ।
बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १२% बोनस र ३%नगद लाभांश (कर सहित) वितरण गर्न लागेको हो ।





















