सिभिल बैंकको ८.४२% लाभांश घोषणा
काठमाडौं । सिभिल बैंकले ८.४२% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार दिउँसो बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ८%बोनस सेयर र कर तिर्न ०.४२५ नगद लाभांश दिने निर्णय गरेको हो ।
नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष बैंकले ६.५७% नगद लाभांश वितरण गरेको थियो ।





















