stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

 हिमालयन बैंकको साधारण सभा आज

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंकको साधारण सभा पनि आज सोमबार (पुस २७ गते) बस्दैछ । सभा बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजेबाट भिडियो कन्फ्रेन्स मार्फत सुरु हुनेछ । सभामा बैंकले २०% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसले गत आर्थिक वर्षको नाफाबाट १४% बोनस सेयर र ६% नगद गरी कुल २०% लाभांश वितरण गर्न लागेको हो ।

बैंकको अधिकृत पुँजी १२ अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब पुर्याउने एजेन्डा पनि छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज, एक्विजीसन हुन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चाला समितिलाई दिने एजेन्डा पनि छ ।

बैंकको नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह माथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १४ गतेदेखि आजसम्म बुक क्लोज गरेको छ । तसर्थ, पुस १३ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउने छन् ।

prabhu mahalaxmi
kumari