stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्राइम लाइफ इन्स्योरेन्सको आज साधारण सभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा आज पुस २७ गते बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा भिडियो कन्फ्रेन्स माध्यमबाट बिहान ११.३० बजे सुरु हुँदैछ । आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई १५% लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ । कम्पनीले ७% बोनस सेयर र ८% नगद लाभांश वितरण गर्न लागेको हो ।

आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । बोनस पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकोले सोही बमोजिम नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ । पुस १६ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari