citizens life insurance long ad
stcnepal long ad

ग्रानडामाथि बार्सिलोनाको सानदार जित, मेस्सी र ग्रिजमनको गरे २/२ गोल

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले ग्रानडामाथि सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ग्रानडालाई उसकै मैदानमा ४–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई सानदार जित दिलाउनको लागि कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनको समान दुईरदुई गोल गरे । बार्सिलोनाले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल गरेको थियो ।

खेलको १२औं मिनेटमा बार्सिलोनाले एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको थियो । ३५औं मिनेटमा ग्रिजमनको पासमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ४२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि टोलीले पहिलो हाफमै ३(० को आरामदायी अग्रता लिएको थियो । ६३औं मिनेटमा औसमाने डेम्वेलेको पासमा ग्रिजमनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४(० को सानदार जित दिलाए ।

यो जितसँगै तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाले शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडसँगको अंक दुरी कम कम गरेको छ । तीन खेल कम खेलेको एट्लेटिकोको ३८ तथा रियलको ३७ अंक छ । बार्सिलोनाको ३४ अंक पुगेको छ । पराजित ग्रानडा २४ अंकसहित सातौ स्थानमा रहेको छ ।

IME Life
kumari