आज पनि उखु किसानहरुको प्रदर्शन
cfGbf]lnt pv' ls;fg
sf7df8f}F, @* dªl;/ M cfkmgf] kl;gfsf] d"No vf]Hb} ;nf{xLsf pv' ls;fg dfOtL3/ d08nfdf . lrgL ldnx?af6 pv'sf] e'QmfgL gkfPkl5 pgLx? cfGbf]ng plqPsf x'g . t:jL/ M /f]zg ;fksf]6f÷/f;;
काठमाडौं । आज पनि आफूहरुले पाउनु पर्ने बाँकी रकम लामो समयसम्म नपाएको भन्दै उखु किसानहरुले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
माइतीघरमा प्रदर्शनमा उत्रिएका उखु किसानहरुले आफुहरुको माग पुरा नभए सिंहदरबार घेर्ने चेतावनी समेत दिएका छन् । चिनी मिल सञ्चालकबाट बाँकी रकम उठाइ दिन सरकारले गरेको वाचा पूरा नभएको भन्दै सर्लाहीका उखु किसानहरुले हिजोदेखि काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका हुन् ।
उनीहरूले गत वर्षको पुस १६ गते सरकारसँग भएको ५ बुँदे सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।
सरकारले किसानहरुसँग गरेको पटक पटकको वाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बाँकी रकम प्राप्त गर्नुपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको उखु किसान संघर्ष समितिले जनाएको छ । उखु किसानहरुले चिनी मिलहरुसँग करिब ९० करोड रुपैयाँ लिन बाँकी रहेको छ ।























