stcnepal long ad
ime life insurance
national life
global ime bank long

बोइङको ७३७ म्याक्सलाई उडान अनुमति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । बोइङ कम्पनीको ७३७ म्याक्स शृंखलाको यात्रुवाहक विमानले ब्राजिलमा व्यावसायिक उडान बुधबारदेखि शुरु गरेको छ । बोइङ ७३७ म्याक्स मोडेलका दुई वटा विमान लगातार दुर्घटनाग्रस्त भएपछि झण्डै २० महिना पहिले यी विमानको उडान विश्वभर नै स्थगित गरिएको थियो ।

ब्राजिलको सस्तो विमान सेवा गोलले संचालन गरेको यो विमानले ब्राजिलको साओ पाउलोबाट पोर्टो अलेग्री शहरको उडान गरेको थियो । तर अन्य विवरण दिन विमान कम्पनीले अस्वीकार गरेको छ ।

सन् २०१९ को मार्चमा गोल विमान कम्पनीले अर्को सूचना जारी नहुँदासम्म बोइङ ७३७ म्याक्स ८ शृंखलाका विमानहरु नउडाउने घोषणा गरेको थियो ।

इन्डोनेसिया र इथियोपियामा भएका दुई वटा दुर्घटनामा ३४६ जना यात्रुको मृत्यु भएपछि विश्वभर नै बोइङ ७३७ म्याक्स बिमानहरु थन्किएका थिए ।

यसै महिनाको शुरुमा अमेरिकन एयरलाइन्सले संचालन गरेको ७३७ म्याक्स विमानले अमेरिकी शहर टेक्सासबाट ओक्लाहोमाको ४५ मिनेटको यात्रा गरेको थियो ।

गत महिना अमेरिकी नागरिक उड्डयन प्रशासनले ७३७ म्याक्स विमानको व्यवसायिक उडान संचालन गर्न सक्ने गरी यसअघि लगाएका प्रतिबन्धहरु फुकुवा गरेको थियो ।

IME Lifesidebar
kumari