एनएमबि बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने
काठमाडौं । एनएमबि बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
जसमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी १२ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ ।
एनएमबिले ७ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक ८५ ब्याजदर दिने बैंकले जानकारी दिएको छ । धितोपत्र बोर्डको अनुमति पाएपछि ऋणपत्र जारी हुनेछ ।
यसमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।























