नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई सबैभन्दा बढी आयकर बुझाए वापत सम्मान–पत्र प्रदान
काठमाडौं । २०७७ मंसिर ७ गते आन्तरिक राजश्व कार्यालय नयाँबानेश्वरमा आयोजित नवौं राष्ट्रिय कर दिवस २०७७ विशेष कार्यक्रममा उक्त कार्यालयले आफ्नो क्षेत्राधिकारका करदाता मध्ये आ.व.२०७६/७७ मा सबैभन्दा बढी आयकर बुझाउने नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई सम्मान–पत्रप्रदान गरी कदर गरेको छ ।
उक्त सम्मान–पत्र आन्तरिक राजश्व कार्यालय नयाँबानेश्वरका प्रमुख कर अधिकृत नरेन्द्र प्रकाश पाण्डेयले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई हस्तान्तरण गर्नु भएको थियो ।
दीर्घकालिन स्रोत संकलन मार्फत देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको यस बैंकले गत मंसिर ३ गते दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरी नियमनकारी निकायको स्वीकृती पश्चात निष्काशन हुने गरी जारी पूँजीको ४० प्रतिशतले हुने जम्मा रु. ८,००,००,००,०००÷– (आठ अर्ब रुपैंया) को शेयर संख्या ८००००००० (आठ करोड) सर्वसाधारणलाई निष्काशन गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।


























