प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटार बोलाएर भने–मिलेर सरकार बनाऔं, म जे गर्न तयार छुु
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीको प्रस्ताव राखेको खुलेको छ । शनिबार प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति देउवालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री मिलेर सरकार बनाउन प्रस्ताब राख्नुभएको काँग्रेस स्रोतले बतायो ।
प्रधानमन्त्री ओलीले शनिबार दिउँसो सभापति देउवासहित काँग्रेसका प्रतिनिधि पनि सहभागी भएको स्रोतले बताएको छ ।
खासमा संवैधानिक रिक्त पदमा नियुक्तिका विषयमा छलफल प्रधानमन्त्रीले देउवालाई बोलाए पनि सत्ता साझेदारीको बिषयमा छलफल केन्द्रीत भएको काँग्रेस नेताहरुको भनाइ छ ।
नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले देउवालाई भन्नु भएको थियो– ‘अब मिलेर सरकार बनाऔँ के गर्नु पर्छ म तयार छु।’
यसका बिषयमा छलफलको साढे २ घण्टामध्ये २५ मिनेट प्रधानमनत्रीले देउवासँग मात्रै कुरा गर्नुभएको काँग्रेस स्रोतको भनाइ छ । छलफलमा संवैधानिक रिक्त पदमा नियुक्तिका विषयमा भने छलफलको थोरै समय मात्रै कुराकानी भएको थियो ।
यसका बिषयमा उपकुलपति विहीन बनेका विश्वविद्यालयमा उपकुलपति सिफारिस गर्ने विषयमा कांग्रेससँग सहमति खोज्न नेकपाको तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मा दिने निर्णय भएको जनाइएको छ ।
यसअघि सहमती गर्ने जिम्मा पाएका नेता नेम्वाङ र लेखक दुवैजना देउवा निवासमा पनि पुगेका थिए । संवैधानिक निकायमा प्रमुख आयुक्त र आयुक्तहरू गरी ४८ पद रिक्त रहेको छ ।
नेकपा आन्तरिक बिवादमा रुमालिएका बेला प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेतासँग गरेको लामो छलफलले महत्वपूर्ण अर्थ राख्न सक्छ ।
नेकपाकै अर्का अध्यक्ष सहित सचिवाललयका बहुमत सदस्यहरुले प्रधानमन्त्री ओली बिरुद्ध प्रवित्तिगत बिषेशता औल्याउदै त्यसमाथि छलफल गर्न राजनीतिक प्रस्ताव राखेपछि विवाद झनै उत्कर्षमा छ ।
प्रचण्डले लगाएका आरोपहरु पुष्टि भए आफू प्रधानमन्त्रीबाट हट्ने यदी पुष्टि नभए प्रचण्ड अध्यक्षबाट हट्नु पर्ने प्रधानमन्त्री ओलीले सचिवालय बैठकमै बताइसक्नु भएको छ ।
पार्टी सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव पत्रमार्फत नै दिने भन्दै ओलीले १० दिएको समय लिनु भएको छ ।


























