citizens life insurance long ad
stcnepal long ad

२४ घण्टामा थपिए १६६९ संक्रमित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत २४ घण्टामा १६६९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८०३२ जनाको गरिएको नमूना पीसीआर परीक्षणमा १६६९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुने १३२१ जना छन् । कोरोना संक्रमणबाट गत २४ घण्टामा ५६९९ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा निको हुने ९०.३ प्रतिशत रहेको छ । अहिले कोरोना सक्रमितमध्ये आइसोलेसनमा १९९६३ र क्वारेन्टाइनमा ६८६ जना बसेका छन् ।

उपत्यकामा ९५७ जना संक्रमित
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै गत २४ घण्टामा ९५७ जना संक्रमित भएका छन् । काठमाडौंमा ७७३, भक्तपुर ५३ र ललितपुर १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

 

IME Life
kumari