citizens life insurance long ad
stcnepal long ad

सिटिजन्स बैंकबाट “यो तिहार, सिटिजन्स डिजिटल कारोबारमा क्यासब्याक बहार”

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले“यो तिहार, सिटिजन्स डिजिटल कारोबारमा क्यास ब्याकको बहार”योजना सार्वजनिक गरेको छ ।

बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्ग मार्फत तिहारमा पैसा पठाउँदा एक सय रुपैयाँ क्यास ब्याक प्राप्त गर्ने बैंकले जनाएको छ ।

बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले कात्तिक २९ देखि मंसिर १ गते सम्मतीन पटक गरी दुई हजार रुपैयाँभन्दाबढी रकम मोबाइल बैकिङ्ग मार्फत रकमान्तर गरेमा सो क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

यसरी पैसा पठाउँदा विवरणमा भने “ सिटिजन्स तिहार” भनी खुलाउन पर्ने छ ।

तिहारमा खेलिने देउसीभैलोको दक्षिणा तथा दिदिबहिनिलाई भाईटिकाको दक्षिणा दिन सहजहोस् भन्ने उद्देश्यका साथ बैंकले यो क्यास ब्याक योजना सार्वजनिक गरेको बैंकले जनाएको छ ।

यसका साथै तिहारलाई लक्षितगरि बैंकले डिजिटल सहायता केन्द्रको समेत ब्यवस्था गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

IME Life
kumari