citizens life insurance long ad
stcnepal long ad

एनएमबि बैंकले यसकारण वृद्धि गर्न सक्यो १६९.६२% ले खुद नाफा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबि बैंकको नाफामा उल्लेख्य सुधार आएको छ । यसअवधिमा बैंकको खुद नाफा १६९.६२% ले बढेर ७३ करोड २९ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष बैंकले २७ करोड १८ लाख ४५ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । बैंकको इम्पेरिमेन्ट चार्ज घटेकाले खुद नाफा ह्वातै बढेको हो ।

असोज मसान्तसम्ममा बैंकको इम्पेरिमेन्ट चार्ज ६० करोड ७४ लाख ९९ हजार रुपैयाँले घटेर १ करोड ५३ लाख १७ हजार रुपैयाँमा आएको छ ।

अघिल्लो वर्ष इम्पेरिमेन्ट चार्ज शीर्षकमा ६२ करोड २८ लाख १६ हजार रुपैयाँ थियो । अर्थात साँवा अस’ली राम्रो भएपछि नाफामा सकारात्मक प्रभाव परेको हो । इम्पेरिमेन्ट चार्ज घटेसँगै बैंकको सञ्चालन नाफामा पनि उल्लेख्य सुधार आएको छ ।

यसअवधिमा बैंकको सञ्चालन नाफा १५९।८५५ ले बढेर १ अर्ब ५ करोड ४० लाख १० हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी पनि १०।९१५ ले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा ५१ करोड ९१ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ५८ पैसा छ । खराब कर्जा भने ०.२९% ले बढेर २.२६% पुगेको छ ।

IME Life
kumari