stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

धितोपत्र बोर्डद्वारा एकीकृत केवाईसी स्वीकृत, एउटै केवाईसीले सबै कम्पनीमा काम गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकीकृत केवाईसी सम्बन्धी व्यवस्था स्वीकृत गरी लागू गर्न सिडिएससीमा पठाएको जनाएको छ ।

धितोपत्र बोर्डले ग्राहक पहिचान फारम (केवाईसी) विद्युतीय माध्यमबाट सहजै भर्न सक्ने व्यवस्था गरिएको तथा एउटा कम्पनीमा केवाईसी फारम भरेपछि सोही केवाईसी फारम अन्य कम्पनीहरुलाई समेत भर्न सकिने गरी व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

बोर्डले एउटै केवाईसी फारमले सबैलाई जोड्न मिल्ने गरी सिडिएससी एण्ड क्लीयरिङ हाउसले पेश गरेको कार्यविधि स्वीकृत गरिएको समेत जनाएको छ ।

सेबोनले एकीकृत केवाईसी सम्बन्धी व्यवस्था स्वीकृत गरेसँगै अब लगानीकर्ताहरुले एक ठाउँमा केवाईसी फारम भरेपछि सोही आधारमा अन्य कम्पनीहरुमा समेत उल्लेखित केवाईसीले नै काम गर्ने हुँदा लगानीकर्ताहरुले झन्झटबाट मुक्ति पाउने सेबोनले जनाएको छ ।

 

prabhu mahalaxmi
kumari