नेपाल ल्यूब आयलको एजीएमबाट १० प्रतिशत नगद लाभांश पारित
काठमाडौँ । नेपाल ल्युब आयल लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सेयर होल्डरहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
नेपाल ल्यूव आयल लि।को ३६ वर्षको ईतिहासमा हालको प्रकोपलाई मध्यनजर गर्दै एकदमै नौलो अभ्यास मार्फत संचालित यस साधारण सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा बोर्ड अफ डाइरेक्टर, कम्पनी सचिव र अन्य सेयर होल्डरहरुको उपस्थितीबाट ५३.१४ प्रतिशत र भर्चुअल माध्यम १५.०१ प्रतिशत उपस्थिति गरी ६८.१५ प्रतिशतको सहभागीमा कर्पोरेट कार्यालयमा सो साधारण सभा सम्पन्न भएको हो ।
कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले हालको अवस्थामा उद्योगलाई सदैव सुचारु राख्नु नै एकमात्र चुनौति रहेको यस विषम परिस्थितीमा कामदार, कमर्चारी एवंम कम्पनीसंग आबद्ध सवैको स्वास्थ्यको ख्याल राखिरहेको अवस्थामा शेयरहोल्डरको समेत कोभिड १९ विमा गर्ने घोषणा गरे ।























