stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

३ लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

चितवन । १ हजार दरको ३ लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित मकवानपुर राक्सीराङ गाउँपालिका–८ बस्ने २६ वर्षीय जित बहादुर लोप्चनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चितवन राप्ती नगरपालिका–५ भण्डारा, चौकी डाँडा भन्ने स्थानमा नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त स्थानबाट लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा लोप्चनको घरको मकैको कोन्युमा लुकाई छिपाई राखेको अवस्थामा उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

prabhu mahalaxmi
kumari