नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्तिक २७ गते वार्षिक साधारण सभा
काठमाडौं । आगामी कार्तिक २७ गते बिहीबार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको पाचौँ वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा नेपाल एसबिआई बैंकको केन्द्रिय कार्यालयको सभाहल, केशरमहल, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।
सभामा, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

























