टोटनहम वेस्टहामसँग ३–३ को बराबरीमा
एजेन्सी । ग्यारेथ बेलको डेब्यु खेलमा टोटनहम विजयी भएको छ । प्रिमियर लिग फुटबलमा आइतबार राति भएको खेलमा टोटनहम वेस्टहामसँग ३–३ को बराबरीमा रोकिएको हो ।
टोटनहम हट्सपर स्टेडियममा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमा ३–० को अग्रता लिएका थियो । तर, दोस्रो हाफमा भने सम्हालिन नसक्दा टोटनहम वेस्टहामसँग बराबरीमा रोकिन पुगेको हो ।
खेलको पहिलो मिनेटमा नै केनको पासमा सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा केनले गोल गर्दै टोटनहमको अग्रता दोब्बर पारे ।
उनका लागि सनले पास उपलब्ध गरेका थिए । १६ औं मिनेटमा रेगुइलोनको पासमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमलाई पहिलो हाफमा ३(० को अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा भने टोटनहम तीन गोल खान पुग्यो । खेलको ८२ औं मिनेटमा वेस्टहाम फाबियन बाल्बुएनाको गोलबाट खेलमा फर्किएको थियो । उनले क्रेसवेलको पासमा गोल गरेका थिए ।
त्यसको तीन मिनेट बत्दिै टोटनहमका डिफेन्डर डाविन्सल सान्चेजले आत्मघाती गोल गरेपछि खेल ३(२ को स्थितीमा आएको थियो ।
खेलको इन्जुरी समयको अन्तिम मिनेटमा वेस्टामका मिडफिल्डर म्यानुएल लान्जिनीले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै टोटनहमले पाँच खेलबाट ८ अंक जोडेको छ । समान खेल खेलेको वेस्टहामको ७ अंक छ ।

























