stcnepal long ad
ime life insurance
national life
global ime bank long

बैंकिङ क्षेत्रका समस्या समाधान गर्न अर्थमन्त्रीले बनाए समिति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल – ६ फाल्गुन २०७६, मंगलबार

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएका समस्या समाधान गर्न अर्थ मन्त्रालयले एक समिति गठन गरेको छ । समितिमा अर्थ मन्त्रालयसहित, नेपाल राष्ट्र बैंक, निर्देशक  बैकर्स एसोसिएसनका प्रतिनिधि रहनेछन् । यस समितिले दिने सुझावका आधारमा समस्या समाधानका लागि पहल गर्ने अर्थ मन्त्रीको योजना रहेको छ । तरलता, कर्जा प्रवाह, मर्जर, सम्पति शुद्धीकरणमा पालना गर्नुपर्ने विषय, केवाइसी सरलीकरण लगायतका समसामयिक विषयमा समितिले अध्ययन गर्ने भएको छ । केन्द्रीय बैंकको निर्देशन पालना भए–नभएको लगायतका विषयमा पनि अध्ययन हुनेछ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार बैंकर, केन्द्रीय बैंकका डेपुटी गभर्नरहरु सहितका उच्च अधिकारीहरुसँग अर्थ मन्त्रालयमा छलफल गरेपछि समिति बनाएका हुन् । छलफलमा विशेष गरी तरलताको अवस्था, कर्जाको माग, असुली र ब्याजदर, सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बन्धी पालना गर्नुपर्ने विषयहरू, सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको स्वः स्फूर्त सहभागिता अभिवृद्धि, संस्थागत सामाजिक उत्तरदायित्वको दायरा फराकिलो बनाउने, हेजिङ सुविधा, मर्जर नीतिको कार्यान्वयन लगायत विषयहरूमा बैंकरहरुले आआफ्ना धारणा राखेका थिए ।अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्थामा उत्पन्न समस्या तत्काल र दीर्घकालीन समाधानका लागि संयन्त्र विकास गरी समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने काम गर्न आग्रह गरे । उनले निजी क्षेत्रलाई विश्वासको वातावरण सृजना गरी लगानीमैत्री र व्यावसायिक वातावरण सुनिश्चित गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकर्स एसोसिएसनका पदाधिकारीहरुसँग आग्रह गरे ।

कार्यक्रममा अर्थ सचिव शिशिर कुमार ढुंगाना, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव बिनोद के.सी, नेपाल राष्ट्र बैंकका दुवै डेपुटी गभर्नर, बैंकका प्रमुख कार्यकारी अधिकृतहरु लगायतका पदाधिकारी सहभागी थिए ।
IME Lifesidebar
kumari