stcnepal long ad
ime life insurance
national life
global ime bank long

घुस लिएको अभियोगमा सवइञ्जिनीयर पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल – ६ फाल्गुन २०७६, मंगलबार

काठमाडौं । भोजपुरमा घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु पाँच हजार घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ ।
राईलाई घुस लिँदै गर्दा सोही गाउँपालिकाको वडा नं ७ देवान्टारको हर्दिला भन्ने ठाउँबाट नियन्त्रण लिएर अनुसन्धान थालेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुने ठहर भएकाले मुद्दा दायर गरिएको जनाइएको छ ।

IME Lifesidebar
kumari