citizens life insurance long ad
stcnepal long ad

मान्यता प्राप्त प्रयोगशालाले मात्रै एन्टिजेन परीक्षण गर्न पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । कोरोना भाइरस संक्रमण पहिचानका लागि गरिने ‘एन्टिजेन’ परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यता प्राप्त प्रयोगशालाले मात्रै गर्न पाउने भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मान्यता प्राप्त प्रयोगशाला बाहेकले सो परीक्षण गर्न नपाउने व्यवस्था गरेको हो । ‘एन्टिजेन’ परीक्षणको शुल्क तत्कालका लागि एक हजार तय गरिएको छ । शुल्क परिमार्जन हुँदै जाने पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले परीक्षणका लागि स्वास्थ्य सेवा विभागबाट मान्यता प्राप्त किटहरु मात्र सूचीकृत गर्न समेत निर्देशन दिएको छ । परीक्षण पोजिटिभ आएमा काठमाडौंमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने र नेगेटिभ आएमा सम्बन्धित व्यक्तिलाई मात्रै रिपोर्ट दिइने मन्त्रालयले जनाएको छ ।

कोरोना परीक्षणका लागि बनाइएको नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड चौथो पटक संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो ।

स्वास्थ्य मन्त्रालयले स्थानीय तहले मापदण्ड पालना नगराएको भन्दै जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न र गराउने व्यवस्था मिलाउन ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिन सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार समेत गरेको जनाएको छ ।

IME Life
kumari