stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सङ्क्रमण फैलिएपछि वीर अस्पतालको ओपिडी दुई दिन बन्द

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि वीर अस्पतालले मंगलवार (आज) एक सूचना जारी गर्दै अस्पतालको ओपिडी सेवा दुई दिनका लागि बन्द गर्ने जानकारी दिएको छ ।

अस्पतालमा ११ जना चिकित्सकसहित ३९ जना स्वास्थ्यकर्मी सङ्क्रमित छन् भने ७५ जना स्वास्थ्यकर्मी क्वारेनटाइनमा बसेको छन् ।

कोरोना सङ्क्रमणकै कारण जनशक्ति अभाव हुँदा वीरमा अहिले चार वटा वार्ड सञ्चालनमा छैनन् । ल्याबका ६ कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि ल्याब सेवा बन्द छ ।

कार्डियोलोजी९मुटु रोग विभाग० खुला छैन । सोमबार न्यूरो र क्यान्सर वार्डका बिरामीमा पनि कोरोना पुष्टि भएपछि ती वार्ड पनि बन्द भएका छन् । फार्मेसीका कर्मचारीलाई पनि सङ्क्रमण देखिएपछि त्यो समेत बन्द छ । अस्पताल भर्ना भएका बिरामीलाई औषधि किन्न बाहिरै जानुपर्ने अवस्था छ ।

लेखाका कर्मचारीसमेत सङ्क्रमित भएपछि लेखा पनि बन्द छ । आकस्मिक कक्षकै तीन जना चिकित्सक पनि सङ्क्रमित भएपछि आकस्मिक सेवा प्रभावित छ ।

prabhu mahalaxmi
kumari