citizens life insurance long ad
stcnepal long ad

शेख हसिनालाई प्रधानमन्त्री ओलीको फोन, युरिया मल दिन बंगलादेश सकारात्मक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आवश्यक रहेको युरिया मल तत्काल दिन बंगालादेश सकारात्मक रहेको बताएका छन् । बंगलदेशकी प्रधानमन्त्री शेख हसिनासँग मंगलबार भएको टेलिफोन कुराकानीमा सकारात्मक जवाफ पाएको ओलीले ट्विटर मार्फत बताएका हुन् ।

ओलीले मंगलबार  समकक्षी शेख हसिनासँग टेलिफोन कुराकानी गरेका थिए । यसबारे प्रधानमन्त्रीले ट्विटरमा भनेका छन्– ‘प्रधानमन्त्री हसिनासँग दुई देशको हितका विषयमा उपलब्धिमुलक छलफल भयो, नेपालको तत्काल आवश्यकताको लागि माग गरिएको युरिया मलका लागि उहाँ सकारात्मक हुनुहुन्छ ।’

मल ल्याउने ठेक्का पाएको नेपाली ठेकदारले समयमै मल ल्याउन नसकेपछि सरकारले तत्कालको अभाव पूर्ति गर्न बंगलादेशसँग मल पैँचो मागेको थियो । कुटनीतिक माध्यमबाट भएको छलफलमा नेपाललाई तत्काल उपलब्ध गराउन सक्ने गरी ५० हजार मेट्रिक टन मल दिन बंगालदेश सकारात्मक रहेका जनाईएको छ ।

IME Life
kumari