stcnepal long ad
ime life insurance
global ime bank long

भारतीय अर्थतन्त्र २३ दशमलव ९ प्रतिशतले खुम्चियो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

एजेन्सी । कोरोनाभाइरसका कारण भारतीय अर्थतन्त्र तीव्र गतिमा खुम्चिएको छ । सन् २०२० को दोस्रो त्रामासिक तथ्यांकअनुसार भारतीय अर्थतन्त्र २३।९ प्रतिशतले खुम्चिएको छ। सन् २०२० को अप्रिलदेखि जुनसम्मको तथ्यांकअनुसार अर्थतन्त्र खस्किएको हो। यो भारतीय आर्थिक वर्षको पहिलो त्राइमास पनि हो।

आर्थिक विवरणको त्राइमासिक विवरण प्रकाशित गर्न थालेदेखिको सबैभन्दा धेरैले घटेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। भारतले सन् १९९६ देखि यस्तो विवरण प्रकाशित गर्न थालेको थियो।

ब्लुमवर्गका अनुसार यो कुनै पनि ठूला अर्थतन्त्रमा भएको सबैभन्दा ठूलो गिरावट हो। पहिलो त्राइमासमा खासै प्रभाव नपरेको भारतीय अर्थतन्त्र दोस्रो त्राइमासमा आउँदा भने धेरै प्रभावित भएको छ। सन् २०२० को जनवरीदेखि मार्चसम्म भारतीय अर्थतन्त्र ३ प्रतिशतले बढेको थियो।

कोरोना भाइरस संक्रमण फैलिँदै जाँदा भारतमा मार्च २५ देखि लकडाउन लागू भएको थियो। लकडाउनका कारण बन्द रहेको आर्थिक गतिविधि पछिल्लो २ महिनादेखि विस्तारै खुल्दै गएको छ।

यद्यपी लकडाउनका कारण अधिकांस क्षेत्र ऋणात्मक भएका छन्। भारतको तथ्यांक मन्त्रालयका अनुसार निर्माण क्षेत्रमा ५१ प्रतिशतले घटेको छ। उत्पादन क्षेत्र ३९ र सेवा क्षेत्र ४७ प्रतिशतले घटको छ। माइनिङ क्षेत्र पनि ४१ प्रतिशतले घटेको छ।

पछिल्लो २ वर्षदेखि भारतीय अर्थतन्त्रको वृद्धिदर निरन्तर ओरालो लाग्दै आएको थियो। यद्यपी कोरोनाले यसलाई ऋणात्मक बनाइदिएको छ।

prabhu mahalaxmi
kumari