stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेकपाको भ्रष्ट राजनीति र संसदीय व्यवस्था

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

–वसन्त वोगटी
‘वर्ग समाजमा सबैजना एक विशेष वर्गको सदस्यको रुपमा रहेका हुन्छन । हरेक प्रकारको सोच, अपवाद बिना, एक वर्गको ब्रान्ड सँग स्ट्याम्प गरिएको छ ।’ माओत्सेतुङ।
नेपाली जनता इतिहास देखि नै निरन्तर शासक वर्गको शोषण–दमन र उत्पीडनको पहाडले किचिएर बाँच्न बाच्न बाध्य छन । यो क्रममा दरबार–राणा, दरबार –राणा –कांग्रेस, दरबार –पञ्चायत र दरबार–बहुदलवादी (मुख्यतः तत्कालीन कांग्रेस, एमाले र राप्रपा) गुटहरुले देशमा ठुलो लुट, आतंक र भ्रष्टाचार गरे ।मुख्यतः सन १९५० को असमान सन्धि सहित कोशि–गण्डकी र महाकाली सन्धिरसम्झौता मार्फत देशमा कयौं राष्ट्रघात गरे ।

मुख्यतः दश वर्षे महान जनयुद्धको मुल जगमा टेकेर भएको ०६२/६३ को जन आन्दोलनले सामन्ती राजतन्त्रको अन्त्य गर्दै केहि सुधारात्मक परिवर्तन गर्‍यो । प्रचार र नाराहरुमा हामी लोकतन्त्रको युगमा प्रवेश गर्‍यौं परन्तु यो परिवर्तन दलाल प्रतिक्रियावादी संसदीय व्यवस्थाको कुरुप र डरलाग्दो चरित्र बोकेर आयो ।

आज यसलाई मुख्यतः अमेरिकी साम्राज्यवाद र भारतिय विस्तारवाद परास्त नेपालका दलाल संसदवादी गुटहरुले चलाइरहेका छन । लोकतन्त्रको नाममा अहिले देशमा फाँसिवादको अभ्यास आक्रमक र डरलाग्दो रूपमा हुँदैछ । भ्रष्टाचार संस्थागत बनेको छ ।

जनतन्त्र र जन जीविकाको विषय कोमामा पुगेको छ । जन आवाज र जनाधिकार माथि घोषितरअघोषित प्रतिबन्ध छ । राष्ट्रघात कथित राष्ट्रवादको घुम्टो ओडेर सक्रिय भएको छ । कांग्रेस र डबल नेकपा गुट यसको मुख्य नेतृत्वमा छन ।

यो कोभिड–१९ ले विश्वव्यापी त्रासदी पैदा गरेको समय हो । यसले मुख्यतः आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा नयाँ र विशिष्ट संकटको सृष्टि गरेको छ । विश्वका उत्पीडित वर्ग र जनसमुदाय एकसाथ यो संकट सँग जुधिरहेका छन ।

हामी पनि यहि स्थिति बाट अगाडि बढ्ने साहस गर्दै छौं । करिब ४ महिना लामो लकडाउनको सामना गरेका नेपाली जनता अहिले निषेधाज्ञारकर्फ्यु सँग जुधिरहेका छन । अहिले रोगको भय र त्रासदि, पुर्ण रोजगारी कटौतीको समस्या सहित मुख्यतः मजदुर–किसान र विपन्न वर्ग रोटिको लडाइँमा छन ।

वैदेशिक रोजगारीको शिलशिलामा मुख्यतः भारत, मलेसिया, मध्यपुर्व र संसार भरि रहेका नेपाली मजदुरहरुको ठुलो संख्यामा रोजगारी गुमेको छ । उनीहरु अधिकतम छिटो स्वदेश फर्कन चाहन्छन । नेपालमा रहेका उनीहरुको परिवारको अपेक्षा पनि यहि छ ।

यद्यपि यो विषय अन्योलको स्थितिमा छ । यो सँगै प्राकृतिक विपत्तिको रुपमा बाढि पहिरोले कयौं जनधनको क्षति भएको छ । लाखौं जनता बिचल्ली र बे(घरबार भएका छन । यो संगै जन जिविकाको समस्या विगत भन्दा डरलाग्दो स्थितिमा पुगेको छ ।

जनताले भोग्नु परेको यस प्रकारको अपुर्व संकटमा संघ(प्रदेश र स्थानीय सरकारहरु के गर्दैछन रु प्रतिपक्षी दल के गर्दैछ रु के उनीहरु जनताको दुस्ख सुखमा सँगै उभिएका छन ? सरकारको तर्फबाट विकासरनिर्माणमा संघ, प्रदेश र स्थानीय तहमा भएको भ्रष्टाचार’ ३३ किलो सुनकाण्ड–वाईडबडि जहाज खरिद प्रकरण–एनसेल प्रकरण–यति प्रकरण–ओम्नि–सेना प्रकरण र कोरोना नियन्त्रणको नाममा भएको १२ अरब भन्दा बढिको लुटरभ्रष्टाचार सहित दर्जनौं भ्रष्टाचारका प्रकरण (जहाँ सरकार वा प्रतिपक्ष प्रत्यक्षरपरोक्ष जोडिएको छ ) को शृङ्खला कहिले सम्म चल्छ ? नेपालका युवाहरुले मरुभुमिको चर्को घाममा १८/२० घन्टा श्रम,पसिना र रगत बगाएर वार्षिक रुपमा पठाएको अरबौ रुपैयाँको हिसाब खोई ? सामाजिक हिंसा, जातीय विभेदका आधारमा हुने बर्बर हिंसा, महिला हिंसा र बलात्कारका अपराधीलाई किन फाँसीमा झुन्ड्याईदैन ? यो प्रश्न नेपालका दलाल संसदवादी गुटहरुलाई सम्पुर्ण नेपाली जनताको तर्फबाट सोधिएको जनताको प्रश्न हो ।

के उनीहरु जनताहरुलाई यी प्रश्नहरुको जवाफ दिन तयार छन रु पक्कै उनीहरु यसको जवाफ दिन तयार छैनन । उनीहरु यसको जवाफ दिने सामर्थ्य र नैतिकता राख्दैनन । उनीहरु किन सामर्थ्य वा नैतिकता राख्दैनन रु किनभने यो सबै काम खुद उनीहरु नै गरिरहेका छन ।

राज्य शक्तिको चरम दुरुपयोग गरि यसप्रकारका राज्य विरोधिरजनविरोधि निकृष्ट अपराध र गतिविधि गर्नु उनीहरुको धन्दा भएको छ ।
राज्यले जनता माथि सामान्यतः कयौं विभेद र उत्पीडन थोपरेको छ । महिला, दलित, आदिवासीरजनजाति, मधेसी, अल्प संख्यक र सिमान्तकृत जनसमुदायको अधिकार खोसिएकोरअपहरण गरिएको छ ।

युवा विद्यार्थीहरुको युगलाई नै हत्कडि लगाएर स्वप्नहिन, गतिहीन र उर्जा बिहिन लङ्गडोरबन्दि बनाउने दुस्साहस हुँदै आएको छ । मजदुर–किसान र विपन्न समुदायले आफ्नो मुक्तिको मुलबाटो पहिल्याउन सकिरहेका छैनन । परन्तु नेपालको जनताको मुख्यतः राजनीतिक चेतना सहि राजनीतिक विचार र दृष्टिकोणको सचेत ज्ञान सहित वैज्ञानिक धारणा निर्माण गर्ने तहसम्म उठेको छैन ।

जनताको यहि दुर्बल पक्षको फाईदा उठाउदै आजको दलाल प्रतिक्रियावादी शासक वर्ग जनतालाई विभिन्न सुधारवादी नारा दिँदै निरन्तर भ्रम सृजना गरि युवा(विद्यार्थी, मजदुर–किसान, महिला, दलित, मधेसी, आदिवासी र जनजाति र सिमान्तकृत जनसमुदाय भित्र आफ्नो पकड बलियो बनाउने कसरतमा लागेको छ ।

कांग्रेस–डबल नेकपा सहितका दलाल संसदवादी गुटले संघ, प्रदेश र स्थानीय तहसम्म यसको प्रचार गर्न राज्यकोषबाट तलब भत्ताको व्यवस्था गरि व्यापक मात्रामा कार्यकर्ता र भाडाका गुण्डाहरुको परिचालन गरेका छन ।

यो भनेको जनतालाई तथ्यहरुको खोज अन्वेषण मार्फत सत्य उद्घाटन गर्न पाउने जनताको अधिकार बाट निषेध गर्नु हो । हामीले यसको विरोधरभन्डाफोर र सशक्त प्रतिरोध गर्नुपर्दछ ।

आज नेपालको प्रत्येक सचेत जनताले विद्यमान दलाल प्रतिक्रियावादी संसदीय व्यवस्था र संसदवादी गुटहरुको बारेमा स्पष्ट दृष्टिकोण निर्माण गर्न जरुरी भएको छ । के यो व्यवस्था भित्रका कुनै पनि दलाल प्रतिक्रियावादी संसदवादी गुटहरुले आजको देशको अन्तरविरोधको सहि राजनीतिक सम्बोधन गर्न सक्छन ? दुनियाँको अनुभव र हाम्रो आफ्नै देशको अनुभवको आधारमा पनि हामि भन्न सक्छौं कि उनीहरुले सक्दैनन ।

prabhu mahalaxmi
kumari