stcnepal long ad
ime life insurance
national life
global ime bank long

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ८९ करोड रुपैयाँ

लाभांश क्षमता १३.१९ प्रतिशत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा खुद नाफा ४६.६९ प्रतिशत बढेर ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६० करोड ६६ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्ष को असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १६ प्रतिशत बढेर २ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा बैंकले २ अर्ब ७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

असार मसान्तसम्म बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २५ करोड ७२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब ९५ करोड २७ लाख रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २१ करोड ४६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब ४६ करोड ११ लाख रुपैयाँ र सञ्चालन नाफा ८८ करोड ४४ लाख रुपैयाँ थियो ।

गत वर्षको असारसम्म बैंकको वितरणयोग्य नाफा ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १३.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ३६ करोड ८३ लाख रुपैयाँ वितरणयोग्य नाफा र १०.३६ प्रतिशत लाभांश क्षमता थियो ।

३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १० करोड २६ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.०६ रुपैयाँबाट बढेर २३.८३ रुपैयाँ पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १६.९५ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६९.५० रुपैयाँ रहेको छ।

गत असारसम्म बैंकले ५६ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षसम्म बैंकले ५४ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

गत वर्ष बैंकको निक्षेप ४ प्रतिशत अर्थात् २ अर्ब २६ करोड रुपैयाँ र कर्जा ७ प्रतिशत अर्थात् ३ अर्ब ५ करोड रुपैयाँ बढेको देखिन्छ । समीक्षा वर्षमा बैंकको खराब कर्जा (एनपीएल) ५.५२ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ ।

IME Lifesidebar
kumari