stcnepal long ad
global ime bank long

गरिमा विकास बैंकको ८३ हजार बढी कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंकको ८३ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ८३ हजार ८२३.४५ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

IME Lifesidebar
kumari