यी २० निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधियो
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण कम्पनी र आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। विभिन्न सार्वजनिक निकायको सिफारिसमा २० निर्माण कम्पनी र आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो ।
कार्यालयले सम्बन्धित कम्पनीहरूलाई कालो सूचीमा किन नराख्ने भन्ने आधार र प्रमाण भए लिखित स्पष्टीकरण पेश गर्न ३० दिनको समय दिएको थियो। तर तोकिएको समयभित्र स्पष्टीकरण नआएपछि फेरि ७ दिनभित्र स्पष्टीकरण दिन भन्दै सूचना जारी गरिएको हो।
सडक डिभिजन काठमाडौँ, जुम्ला, कालिका नगरपालिका लगायतका निकायहरूले सिफारिस गरेका कम्पनी तथा ठेकेदारहरुले ७ दिन भित्र स्पष्टीकरण बुझाउनुपर्ने सूचीमा परेका छन्।
उग्रवज्र निर्माण सेवा (काठमाडौं), अर्बान कन्स्ट्रक्सन (चितवन), शंकरमाली निर्माण सेवा प्रालि। ९काठमाडौं० लगायतका कम्पनीहरुलाई सातदिने स्पष्टीकरण सोधिएको छ ।




























