अख्तियारको नियन्त्रणमा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका एक जना नायब सुब्बालाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पक्राउ पर्ने विभागमा कार्यरत नायब सुब्बा शिवशङ्कर महतो रहेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार फर्म दर्ता प्रमाण–पत्रसँग सम्बन्धित काम गराउन आएको सेवाग्राहीसँग महतोले घुस लिँदा पक्राउ परेका हुन् ।
सेवाग्राहीसँग महतोले दश हजार रुपियाँ घुस लिएको आयोगले दाबी गरेको छ । प्रवक्ता अधिकारीले महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिनुभएको छ ।























