stcnepal long ad
ime life insurance
global ime bank long

बिमा कम्पनी मार्फत घुम्ती बिमा सेवा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

 

काठमाडौं । बिमा समितिद्धारा २०७६ मंसिर २४ गते जारी “शाखारहित घुम्ती बिमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” मा व्यवस्था भए बमोजिम एभरेष्ट इन्स्योरेन्स कम्पनी तथा प्राईम लाईफ इन्स्योरेन्स कम्पनी द्धारा संयुुुक्त रुपमा घुम्ति बिमा सेवा ठाकुरवावा मन्दिर परिसर, ठाकुरद्धारा, बर्दियाबाट एक भव्य कार्यक्रम बिच शुभारम्भ गरिएको छ । ग्राहक महानुभावहरुलाई घरदैलो वाटै बिमा सेवा प्रदान गर्ने उदेश्यले यो घुम्ती बिमा सेवा सञ्चालन गरिएको छ ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईको सभापतित्वमा सञ्चालित कार्यक्रमा भट्टराईले ग्राहकको चाहना बमोजिम भविष्यको लागि वचत तथा जीवन सुरक्षका विभिन्न जीवन बिमा योजना प्रस्तुत गरिएको जानकारी दिनुभयो ।
घुम्ती बिमा सेवा शुभारम्भ कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बिमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीका विभिन्न निर्जीवन बिमा सेवा लिई आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गरि व्यवसाय सञ्चालन गर्न सम्पूर्ण कृषक तथा व्यवसायी महानुभावहरुमा हार्दिक अनुरोध गर्नुभयो ।
उक्त समारोहमा प्रमुख अतिथिको आसन ग्रहण गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिमालाई आम जनतामा सर्वसुलभ रुपमा उपलव्ध गराउनको लागि बिमा कम्पनी मार्फत घुम्ती बिमा सेवाको अवधारण अगाडी बढाइएको जानकारी दिनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

prabhu mahalaxmi
kumari