stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

एक जना यात्रुका लागि बढीमा तीन जना मात्र विमानस्थल आउन अनुरोध

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक जना यात्रुका लागि बढीमा तीन जना मात्र विमानस्थल आउन अनुरोध गरेको छ

विमानस्थलमा धेरै भिड हुने गरेको भन्दै प्राधिकरणले सूचना निकालेर यस्तो आग्रह गरेको हो । प्राधिकरणका अनुसार अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरूको संख्या बढ्दो क्रममा रहेकाले हवाई यात्रुहरूको संख्या पनि बढेको छ ।

यात्रुको लागि धेरै जना विमानस्थल आउँदा भिडभाड हुने र भिडभाडको चापले विमानस्थलमा सुरक्षा चुनौती थपिनुका साथै स्वदेशी तथा विदेशी हवाई यात्रुहरूको आगमन तथा प्रस्थानमा असुविधा भइरहेको प्राधिकरणको भनाइ छ ।

यसैबीच सरकारले सार्वजनिक गाडीमा आरक्षित सिट अनिवार्य नराखे कारबाही गर्ने चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै आरक्षित सिट अनिवार्य गरेको हो ।

यात्रुवाहक गाडीमा चार सिट अशक्त व्यक्तिका लागि र दुई सिट महिलाका लागि आरक्षित राख्नुपर्ने व्यवस्था छ । लामो तथा छोटो दूरीका गाडीले यस्तो सिट अनिवार्य नगरेको पाइएको भन्दै विभागले कारबाही चेतावनी दिएको जनाएको छ ।

विभागले लामो बाटोमा सञ्चालन हुने गाडीका हकमा गन्तव्यतर्फ प्रस्थान गर्नुभन्दा न्यूनतम चार घण्टा अगाडिसम्म सिट सुरक्षित राख्नुपर्ने जनाएको छ ।

prabhu mahalaxmi
kumari