stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण गर्दै सुशासन प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्न निर्देशन जारी गरेको छ ।

नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले सबै मन्त्रालय, आयोग र कार्यालयका सचिवलाई पत्राचार गर्दै सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन र खरिद प्रक्रियामा हुने भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीमा वालेन्द्र शाहले कार्यभार सम्हालेसँगै मन्त्रिपरिषद् बैठकबाट पारित एक सय कार्ययोजना समावेश भएको सुशासनको मार्गचित्रका आधारमा नागरिकले अनुभूति गर्ने स्तरमा सुशासन र सदाचार कायम गर्ने गरी सबै निकायले आवश्यक पहलकदमी लिन आवश्यक भएको पत्रमा उल्लेख छ ।

सार्वजनिक निकायहरूमा हुने नीतिगत, संस्थागत तथा प्रक्रियागत भ्रष्टाचार अन्त्य गर्ने सरकारको प्राथमिकतालाई विशेष ध्यान दिन आग्रह गरिएको छ ।

पत्रमा सार्वजनिक पदको दुरुपयोग रोक्दै पारदर्शिता, तटस्थता र आचारसंहिताको कडाइका साथ पालना, कर्मचारीलाई दक्ष र सदाचारयुक्त बनाउन तथा नागरिकमैत्री सेवा दिन जोड दिइएको छ ।

यस्तै, महिला, बालबालिका, ज्येष्ठ नागरिक र कमजोर वर्गलाई सार्वजनिक सेवा प्रवाहमा प्राथमिकता दिनुपर्ने पत्रमा उल्लेख छ ।

निर्देशनमा भ्रष्टाचार नियन्त्रणका लागि निगरानी बढाउने, छड्के जाँच गर्ने, अनियमितता भेटिए तुरुन्त कारबाही गर्ने र कार्यालय प्रमुखलाई जिम्मेवार बनाइने पत्रमा उल्लेख छ ।

prabhu mahalaxmi
kumari