नेपाली विदेश जाँदा आठ महिनामा बाहिरियो झण्डै डेढ खर्ब
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालीहरू विदेश जाँदा एक खर्ब ४५ अर्ब १२ करोड रुपैयाँ बाहिरिएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार,०८२ साउन १ गतेदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त रकम नेपालबाट बाहिरिएको हो ।
बितेको आठ महिनामा अध्ययनको लागि विदेश जाने नेपाली विद्यार्थीमार्फत मात्र ९७ अर्ब रुपैयाँ देशबाट बाहिरिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
अघिल्लो आर्थिक वर्ष ०८१/८२ को पहिलो आठ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपालीसँगै बाहिरिने रकम १.७ प्रतिशतले घटेको छ ।
अघिल्लो आर्थिक वर्ष ०८१/८२ को पहिलो आठ महिनामा नेपालीहरू विदेश जाँदा एक खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बाहिरिएको थियो । उक्त रकममध्ये ८८ अर्ब ९२ करोड रुपैयाँ विदेश अध्ययन गर्न जाने विद्यार्थीले लगेका थिए ।






















