stcnepal long ad
ime life insurance
national life
global ime bank long

विदेशी मुद्रा सञ्चिति ३४ खर्ब नाघ्यो 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। मुलुकसँग रहेको विदेशी मुद्रा सञ्चिति रकम ३४ खर्ब १३ अर्ब रुपैयाँ बराबर पुगेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय स्थिति अनुसार फागुन मसान्तसम्मको मुद्रा सञ्चितिले हालकै आयातलाई आधार मान्दा २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने छ ।

असार मसान्तसम्मको तुलनामा चालु आवको फागुनसम्म आइपुग्दा नै मुद्रा सञ्चिति २७।५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गत असार मसान्तसम्म मुलुकसँग २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर विदेशी मुद्रा सञ्चिति रहेको थियो ।

अमेरिकी डलरमा हाल मुलुकसँग भएको मुद्रा सञ्चिति २३ अर्ब ८ करोड डलर बराबर हो । अमेरिकी डलरमा मुद्रा सञ्चिति ८ महिनामा १८.३ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार फागुनसम्म रहेको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत हो ।

 

IME Lifesidebar
kumari