stcnepal long ad
global ime bank long

सुन पसलबाट सुन ठगी गर्ने महिला पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सुन पसलबाट विभिन्न सुनका गरगहनाहरु चोरी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३१ नयाँ वानेश्वर बस्ने रमिता रन्जित श्रेष्ठको जाहेरीका आधारमा अनुसार जिल्ला झापा शान्तिनगर वडा नं. ६ घर भई हाल काठमाडौं महानगरपालिका ३१ नयाँ वानेश्वर बस्ने बर्ष २९ कि शारदा मगरलई प्रहरीले पक्राउ गरेको हो ।

मगरले ४ लाख ३ ६ हजार रकम बराबरका विभिन्न गहना चोरी गरेको प्रहरीले जनाएको छ । सुनका गरगहनाहरु विभिन्न वहाना बनाई झुक्याई ठगी गरेको आरोपमा मगरलाई बुधबार काठमाडौंको ज्ञानेश्वरबाट प्रकाउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ ।

मगरले सुनको सिक्री डेढ तोला थान –१, सुनको लकेट ५४ लालको थान– १, सुनको ब्रासलेट १ तोला ५२ लालको थान – १, हिराको औठी थान –१ र सुनको औठी ३५ लालको थान –१ चोरी गरेको प्रहरीले जनाएको छ ।

IME Lifesidebar
kumari