१ करोड ७४ लाख रुपैयाँ नाफामा युनियन हाइड्रोपावर
काठमाडौं । युनियन हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्ष कम्पनी १ करोड ७० लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
असार मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ७ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७ करोड १८ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो ।
यसैगरी, कम्पनीले अन्य स्रोत मार्फत १ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । हाल यसको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ७ करोड ७१ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ ७१ पैसा छ ।





















