उपकार लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशन
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/ ७७ को अरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । लिमिटेडले गत आर्थिक वर्षमा ४७ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।अघिल्लो आर्थिक वर्षमा २ करोड ४९ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको नाफा २ करोड १ लाख ६४ हजार रुपैयाँले घटेको हो।
चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषको आकार २ करोड २१ लाख ३९ हजारले वृद्धि भई ७ करोड १८ लाख रुपैयाँ सञ्चित भएको छ।
असार मसान्तसम्ममा लघुवित्तले ६८ करोड ८८ लाख ७० हजार निक्षेप संकलन र २६ करोड २७ लाख ६३ हजार रुपैयाँ सापटीबाट १ अर्ब ७ करोड १५ लाख १८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। यस अवधिमा लघुवित्तले ८ करोड ८४ लाख ६३ हजारु खुद ब्याज आम्दानी गरेको छ।
समीक्षा अवधिमा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ११.४० रुपैयाँ छ। अघिल्लो आ.व.को तुलनामा ५९.४१ रुपैयाँ रहेकोमा ४८.०१ रुपैयाँले घटेको हो। निष्क्रिय कर्जा अनुपात ०.७७ ले बढेर २.८१ प्रतिशतमा पुगेको छ।






























