ग्रीन डेभलपमेन्ट बैंकको नाफा ८२% ले बढ्यो
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड १३ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अघिल्लो वर्षको भन्दा ८२५ धेरै हो । अघिल्लो वर्ष बैंकले १ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ९.८८% र ८२% ले बढोत्तरी भएको छ ।
अघिल्लो वर्ष ७ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले असार मसान्तसम्म बढाएर ८ करोड १६ लाख रुपैयाँ पुर्याएको छ । बैंकले सञ्चालन नाफा पनि १ करोड ६२ लाख रुपैयाँबाट बढाएर ३ करोड ४ लाख ३३ हजार पुर्याएको छ । असारसम्म ग्रीनले १ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल यसको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । यस्तै, बैंकको रिजर्भ कोषमा २ करोड ७६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ९६ लाख रुपैयाँ छ । बैंकले खराब कर्जा पनि घटाउन सफल भएको छ । अघिल्लो वर्ष ३.८१% रहेको ग्रीनको खराब कर्जा यो त्रैमासम्म आइपुग्दा १.८५% मा सीमित भएको छ । यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ रहेको छ ।





























