stcnepal long ad
ime life insurance
national life
global ime bank long

गरिमा विकास बैंकको उन्नाइसौं वार्षिक साधारण सभा आज कात्तिक २७ गते बस्दै

शेयरधनीलाई लाभांश प्रस्ताव

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारण सभा आज कात्तिक २७ गते बस्दैछ। उक्त साधारण सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने, केन्द्रीय कार्यालय बालुवाटारमा सार्ने, बैंकको छाप र लोगो फेर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान र बैंकको प्रबन्धपत्ररनियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ।

बुक क्लोजको आधारमा कात्तिक १७ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू बैंकको उक्त साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्। साधारण सभा होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि बस्दैछ।

prabhu mahalaxmi
kumari