stcnepal long ad
global ime bank long

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कमायो ६ करोड २१ लाख रुपैयाँ नाफा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड २१ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ५३.६२ प्रतिशत बढी नाफा कमाएको हो।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३ करोड ७१ लाख ३५ हजार रुपैयाँबाट ६५.८४ प्रतिशतले बढेर २२ करोड ७४ लाख १९ हजार रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १५ करोड ९४ लाख १२ हजार रुपैयाँबाट ५२.५३ प्रतिशतले बढेर २४ करोड ३१ लाख ५२ हजार रुपैयाँ पुगेको छ।

त्यसैगरी गत आर्थिक वर्षको असोज मसान्तसम्म ५ करोड ७८ लाख २४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको यस कम्पनीले चालू आवको सोही अवधिमा ५३.८६ प्रतिशतको वृद्धि सहित ८ करोड ८९ लाख ६९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ।

नाफा र आम्दानीमा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि २६.१६ रुपैयाँबाट बढेर ४०.१९ रुपैयाँ (वार्षिकीकरण) कायम भएको छ। यता खराब कर्जा ४.३५ प्रतिशतबाट घटेर ३.९१ प्रतिशतमा झरेको छ भने प्रतिशेयर नेटवर्थ २२०.०९ रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७४ करोड ३२ लाख ११ हजार रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले १० अर्ब ९ करोड २३ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरी ३ अर्ब ६९ करोड ९४ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ।

IME Lifesidebar
kumari