stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्र बैंकले गर्‍यो सुन आयात कोटा वृद्धि, अब दैनिक २५ किलो ल्याउन सकिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा बढाएको छ। केन्द्रीय बैंकले विदेशी विनियम कारोबार गर्ने निकायका लागि जारी एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै सुन आयातको सीमा बढाएको हो।

अब दैनिक २५ किलोसम्म सुन आयात गर्न सकिनेछ। यसअघि दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने व्यवस्था रहेको थियो।

यसैगरी संशोधित परिपत्र अनुसार अब नेपाली वा विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म, कर्मचारी, संस्था वा शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश (नागरिक वा फर्म, कम्पनी तथा संस्था)बाट प्राप्त हुने रकम इजाजत प्राप्त विप्रेषण कम्पनी मार्फत सम्बन्धित लाभग्राहीको खातामा जम्मा गर्ने गरी दैनिक २५ लाख रुपैयाँ (एक पटक वा पटक–पटक)को विप्रेषण रकम ल्याउन सकिने रकम सीमा बढाइएको छ। यसअघि यस्तो सीमा २० लाख रुपैयाँ थियो।

संशोधित परिपत्र मार्फत राष्ट्र बैंकले भित्रिएको विप्रेषणको विवरण मासिक रुपमा प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि मासिक रुपमा विवरण पेस गर्नुपर्ने व्यवस्था थियो।

prabhu mahalaxmi
kumari