stcnepal long ad
national life

दूधपोखरी चेपे हाइड्रोको आइपिओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दुधपोखरी चेपे हाइड्रोपावरको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्ने भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिका लागि दुवै पक्षबिच सम्झौता भएको छ ।

सम्झौतापत्रमा मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशी र दुधपोखरी चेपे हाइड्रोपावरका तर्फबाट अध्यक्ष सबिन प्रधानांगले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताले आयोजना तथा लगानीकर्ताबिचको सम्बन्ध सुदृढ गर्दै पुँजी बजारमा जलविद्युत् क्षेत्रको लगानी विस्तारमा सहयोग पुग्ने बताइएको छ ।

कम्पनीले जारी पुँजीको २० प्रतिशत २० करोड २० लाख रुपैयाँबराबरको एक सय अंकित दरका २० लाख २० हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ ।

कम्पनीले गोरखा र लमजुङ जिल्लाको सिमानामा पर्ने चेपे खोलामा ११ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ७८ प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम आगामी चैतसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

gold
kumari bank
kumari
nawakantipur long