stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल ‘अपाचे आरटीएक्स ३००’ लन्च हुँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । टीभीएस मोटर कम्पनीले भारतीय बजारमा आफ्नो पहिलो एड्भेन्चर मोटरसाइकल ‘अपाचे आरटीएक्स ३००’ लन्च गर्ने तयारी गरेको छ । कम्पनीले १५ अक्टोबरमा यसको सम्भावित लन्चको मिति तोकेको छ ।

२९९ सीसी क्षमताको उक्त इन्जिनले ९ हजार आरपीएममा ३४।५ बीएचपी पावर र ७ हजार आरपीएममा २८.५ एनएम टर्क जेनेरेट गर्दछ । सो नयाँ इन्जिनलाई स्लिपर क्लच मार्फत ६–स्पीड गियरबक्ससँग जोडिने जनाइएको छ ।

अगाडि यूएसडी फोर्क र पछाडि मोनो–शक जडान हुने आरटीएक्स ३०० मा डुअल च्यानल एबीएस उपलब्ध हुने जनाइएको छ ।

यसमा रोड गोइङ एडजस्ट गर्न सकिने स्प्रिङ्स पनि यसमा देख्न सकिन्छ । साथै बाइकमा एलईडी लाइट, राइड मोड, पूर्ण रूपमा डिजिटल कन्सोल लगायत अन्य धेरै एडभान्स फिचर हुने अपेक्षा गरिएको छ ।

अपाचे आरटीएक्स ३०० पूर्ण अफ–रोडर नभई अर्ध–फेयर्ड एड्भेन्चर टुरर मोटरसाइकल हो। यसको डिजाइनमा बलियो फ्रन्ट फेसिया, अग्लो विन्डस्क्रिन, बीफी नकल गार्ड्स, बलियो ब्याश प्लेट, र लगेज माउन्टिंग पोइन्टको रूपमा प्रयोग गर्न सकिने साइड गार्ड्स समावेश छन्। डिजाइन पेटेन्टहरू पनि अनलाइनमा लिक भइसकेका छन्।

यो बाइक टीभीएसको नयाँ आरटी(एक्सडी४ इन्जिनबाट चल्नेछ, जुन सन् २०२४ को मोटोसुलमा अनावरण गरिएको थियो। टीभीएसले १९ वा २१ इन्चको फ्रन्ट ह्विल उपलब्ध गराउनेछ । कम्पनीले यसलाई अफरोड र अनरोड बाइकको रूपमा पनि उपलब्ध गराउन सक्छ ।

prabhu mahalaxmi
kumari