stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल टेलिकमले मनाङ जिल्लाका अत्यन्तै दुर्गम र विकट स्थानहरुमा 4G सेवा सञ्चालन 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौं । नेपाल टेलिकमले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लाका भू–धरातलीय तथा भौगोलिक हिसाबले अत्यन्तै दुर्गम र विकट स्थानहरुमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको सञ्चालन तथा कतिपय स्थानहरुमा गुणस्तर अभिवृद्धिको कार्य सम्पन्न गरेको छ ।
विगत लामो समयदेखि गाउँपालिकाको वडा नं १ पिसाङ, वडा नं ३ ङावल, वडा नं ८ टंकी मनाङ र वडा नं ९ खाङसारमा V-SAT प्रविधिबाट 2G सेवा सञ्चालन हुँदै आएकोमा उक्त क्षेत्र पर्यटकीय दृष्टिकोणले समेत अत्यन्तै महत्वपूर्ण क्षेत्र भएको र पर्यटकका साथसाथै स्थानीय तथा व्यवसायीहरुको चापका कारण V-SAT प्रविधिबाट गुणस्तरीय सेवा प्रवाह गर्न कठिनाई महसुस भएपश्चात् ग्राहकहरुको मागलाई ध्यानमा राख्दै यही आश्विन ४ गतेदेखि कम्पनीले 4G सेवा सञ्चालनमा ल्याएको छ ।
भौगोलिक विकटताका कारणले Radio Link बाट समेत सेवा सञ्चालन गर्न नसकिएको अवस्थामा बेँसीसहर–खाङसार ADSS Link सञ्चालन भएपछि उक्त क्षेत्रमा 4G मोबाइल सेवा सञ्चालन सम्भव भएको हो । यसका साथै तिलिचो बेस क्याम्प र थोरोङफेदीमा पनि निकट भविष्यमा 4G मोबाइल सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको छ ।
चामे गाउँपालिका–३ स्थित कोटोगाउँमा मोबाइल नेटवर्कको कभरेज रामो नभएको गुनासोलाई सम्बोधन गर्न सेवाको गुणस्तरका सम्बन्धमा स्थानीय वासिन्दा तथा हाइड्रोपावर क्षेत्रमा काम गर्ने सयौं ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ बीटीएस स्थापना गरी यही आश्विन १ गतेदेखि 2G र 4G मोबाइल सेवा सञ्चालनमा ल्याइएको हो ।
यसैगरी नासोङ गाउँपालिका वडा नं १ तालगाउँमा 2G र 3G सेवाप्रवाह हुँदै आएकोमा आश्विन ५ गतेदेखि 4G सेवा थप गरी सञ्चालनमा ल्याइएको छ । यस स्थानमा थप गरिएको 4G सेवाको बीटीएसले लमजुङ जिल्लाको उत्तरी खण्डको च्याम्चे क्षेत्रलाई समेत कभरेज गर्नेछ ।
मनाङ जिल्लाका धेरै स्थानमा सेवाको स्तरोन्नतीका साथै नयाँ सेवा सञ्चालनमा आएसँगै नार्पाभूमी गाउँपालिका बाहेकका अन्य सम्पूर्ण पालिकाहरुमा नेपाल टेलिकमको 4G  मोबाइल सेवा पुगेको छ । नार्पाभूमीका नार र फू गाउँ तथा नासोङ गाउँपालिकाको भिम्थाङ कोठी गाउँमा भनेV-SAT प्रणालीबाट सेवा सञ्चालन भैरहेको छ ।
prabhu mahalaxmi
kumari