stcnepal long ad
ime life insurance
global ime bank long

इम्बोस्ड नम्बर असोज १ गतेदेखि जडान नगरे पनि कारबाही हुँदैन: यातायात व्यवस्था विभाग

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । यातायात व्यवस्था विभागले आफूलाई अनुकूल भएको समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने स्पष्ट गरेको छ ।

विभागले मंगलबार विज्ञप्ति जारी गर्दै सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमशस् जोड्दै लैजाने निर्णय भएको भए पनि असोज १ गतेदेखि जडान नगरे कारबाही नहुने स्पष्ट गरेको हो ।

असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने विभागले उल्लेख गरेको छ।

विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमश स् जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गते देखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारवाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना गरिने छैन ।

साथै आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्न समेत अनुरोध विभागले गरेको छ ।

इम्बोस्ड नम्बर प्लेट जडानका लागि विभाग एवं प्रदेश कार्यालयहरुमा सहजताका लागि उक्त स्थानहरुमा पुर्वाधार र जनशक्तिको व्यवस्था गरिएको र सेवाग्राही तथा सवारीधनीहरुको सहजताका लागि आवश्यकतानुसार थप प्रबन्ध समेत गर्दै लगिएको जानकारी पनि गराएको छ ।

prabhu mahalaxmi
kumari