stcnepal long ad
ime life insurance
national life
global ime bank long

सामाजिक सञ्जालमा भ्यूज र मोनिटाइजेसन केन्द्रित भ्रामक सामग्री सम्प्रेषण नगर्न काउन्सिलको अनुरोध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीतका गतिविधि तथा सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले आचारसंहिताको परिधिभित्र रही जिम्मेवारीबोधका साथ सामग्री सम्प्रेषण गर्न तथा गराउन आग्रह गरेको हो ।

काउन्सिलले पछिल्लो समय केही सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पेसागत आचारण र मर्यादा विपरीतका गतिविधि बढ्दै गएको उल्लेख गरेको छ ।

काउन्सिलले अनलाइन समाचार पोर्टल दर्ता गरे पनि समाचार सामग्री प्रकाशन नगरी युट्युब च्यानल, फेसबुक पेज तथा रिलमार्फत भ्युज र मोनिटाइजेसन केन्द्रित तथ्यहीन, झैझगडा तथा गालीगलौजपूर्ण सामग्री सम्प्रेषण गर्ने कार्य बढ्दै गएको जनाएको छ ।

काउन्सिलका अनुसार बिनाअनुमति तथा पत्रकार परिचयपत्रबिना विभिन्न कार्यालय, शैक्षिक संस्था वा कार्यक्रममा प्रवेश गरी अमर्यादित व्यवहार गर्ने, दुर्व्यवहार तथा विवाद सिर्जना गर्ने, हातपातसम्मका घटनाका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति बढ्दो छ ।

गैरजिम्मेवार गतिविधिले समग्र पत्रकारिता क्षेत्रको विश्वसनीयता, गरिमा र स्थापित मर्यादामा नकारात्मक प्रभाव पारिरहेको काउन्सिलको उल्लेख छ ।

IME Lifesidebar
kumari