stcnepal long ad
ime life insurance
national life
global ime bank long

जावलाखेलमा बोसको प्रिमियम स्टोर सञ्चालनमा

मिक्सरदेखि वाशिङ मसिनसम्मका सामान उपलब्ध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडाैँ । ललितपुरको जावलाखेलमा बोस होम अप्लायन्सको प्रिमियम स्टोर सञ्चालनमा आएकाे छ । लक्ष्मी ग्रुपले सञ्चालनका ल्याएकाे याे स्टाेरकाे उद्धाटन सोमबार ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र बीएसएच होम अप्लायन्स इन्डियाका प्रबन्ध निर्देशक तथा सीईओ सैफ खानले संयुक्त रूपमा गरेका हुन् ।

स्टाेरमा डिश वासर, मिक्सचर र ग्रान्डर, ईलेक्ट्रिक चुल्हाे र विभिन्न क्षमताका वाशिङ मसिनलगायतका होम अप्लायन्सहरू रहेका छन् ।

वाशिङ मसिनकाे मूल्य ४० हजारदेखि २ लाख रुपैयाँ बढीसम्म रहेकाे छ । सस्ताेमा बाेसले COT18B21EI माेडेलकाे १८५ लिटर क्षमताकाे वाशिङ मसिन राखेकाे छ । यस्तै ५५९ लिटर क्षमताको KGN56LB42I मोडेलकाे वाशिङ मसिन सबैभन्दा महङ्गाे अर्थात् २ लाख २४,९९० रुपैयाँकाे रहेकाे छ । यसका अतिरिक्त, कम्तीमा ४ हजार पर्नेदेखि ४ लाखसम्मका विभिन्न सामान स्टाेरमा उपलब्ध छन् ।

नयाँ डिजाइनसहित सञ्चालनमा आएको स्टोरले ग्राहकलाई बोसका अत्याधुनिक तथा उच्च गुणस्तरका होम अप्लायन्सको अनुभव प्रदान गर्ने कम्पनीकाे भनाई छ । कम्पनीले सन् २०२२ देखि नेपालमा होम अप्लायन्स व्यवसाय सञ्चालन गर्दै आएको छ ।

IME Lifesidebar
kumari