stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जोय स्टोर र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । काठमाडौको न्युरोड स्थित जोय स्टोर र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले iPhone मा ५% र MacBook मा ५% र २०% iPhone र MacBook का accessories हरुमा छुट पाउने भएका छन र Creditcard Holder हरुलाइ Instrapay Scheme बाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन ।

सो छुट सेवासुविधा जोय स्टोर मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा जोय स्टोर का तर्फबाट कार्यकारी निर्देशक श्री गुरु दत्त शर्मा तथा प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।

त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्फत  करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

prabhu mahalaxmi
kumari