stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भन्सार शुल्कले विश्व व्यापारमा मन्दीको संकेत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

जेनेभा । विश्व व्यापार संगठन (डब्लुटिओ) ले सन् २०२६ का लागि विश्व वस्तु व्यापार (मर्चेन्डाइज ट्रेड) वृद्धिदरको पूर्वानुमान घटाएर १.८ प्रतिशतमा झारेको छ । यसअघि सो दर २.५ प्रतिशत हुने भनिएको थियो । डब्लुटिओले यो गिरावटको प्रमुख कारणको रूपमा अमेरिकाले भन्सार शुल्क वृद्धि गरेको नीतिलाई औंल्याएको छ ।

डब्लुटिओले सार्वजनिक गरेको पछिल्लो व्यापार पूर्वानुमान अनुसार, हालैका भन्सार परिवर्तनहरूले विश्व व्यापारको समग्र अवस्था कमजोर बनाउने देखिएको छ । अमेरिकाले अगस्ट ७ मा लागू गरेको ’पारस्परिक भन्सार दर’ ले न केवल अमेरिकाको आयात घटाउनेछ, तर साझेदार मुलुकहरूको निर्यातमा समेत गम्भीर असर पार्नेछ ।

यो असर सन् २०२५ को दोस्रो छमाहीदेखि सन् २०२६ सम्म झनै गहिरिने अनुमान गरिएको छ। सोही सन्दर्भमा डब्लुटिओले सन् २०२५ का लागि पनि व्यापार वृद्धिदरको अनुमान संशोधन गर्दै ०.९ प्रतिशत मा ल्याएको छ । यसअघि अप्रिलमा यो दर ०.२ प्रतिशत हुने पूर्वानुमान गरिएको थियो ।

यद्यपि हालको अनुमान पनि भन्सार नबढाउने अवस्थामा गरिएको २.७ प्रतिशतको वृद्धिदरभन्दा निकै कम रहेको डब्लुटिओले स्पष्ट पारेको छ । यो आंशिक रूपमा अमेरिकाबाट भइरहेको अग्रिम आयात (फ्रन्टलोडिङ) को असर भएको बताइएको छ ।

क्षेत्रगत विश्लेषण अनुसार, एसियाली मुलुकहरू आगामी वर्षमा विश्व व्यापार वृद्धिका मुख्य सकारात्मक चालक बन्नेछ भने उत्तर अमेरिकी क्षेत्र सन् २०२५ र २०२६ दुवै वर्षमा नकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ ।

डब्लुटिओकी महानिर्देशक एनगोसी ओकोन्जो–इवेलाले भन्सार नीतिमा भइरहेको अनिश्चितताको गम्भीर असरबारे चेतावनी दिँदै भने,“भन्सारको अनिश्चितता व्यवसायिक आत्मविश्वास, लगानी र आपूर्ति प्रणालीमा गहिरो दबाबको कारण बनिरहेको छ । यो अनिश्चितता विश्व व्यापार वातावरणका लागि अत्यन्त विघटनकारी साबित भइरहेको छ ।”

prabhu mahalaxmi
kumari