stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नागरिक लगानी कोषको वित्तीय विवरण सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा वर्षमा कोषले १ अर्ब २५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८०/८१ मा कोषले १ अर्ब १० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कोषको नाफा १३.७१ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कोषको ब्याज आम्दानी २३.७५ प्रतिशतले घटेर ३३ करोड ७४ लाख रुपैयाँमा खम्चिएको छ। अघिल्लो वर्ष कोषको ब्याज आम्दानी ४४ करोड २५ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा कोषले सेवा शुल्क तथा कमिसनबापत १ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ४१ करोड १२ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कोषको सेवा शुल्क तथा कमिसनबापतको आम्दानी १७।१७ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको कोषको जगेडा कोषलगाायतका कोषको आकार ०.७७ प्रतिशतले बढेर ३ खर्ब ११ अर्ब ६ करोड ६७ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष ती कोषमा ३ खर्ब ८ अर्ब ६९ करोड ७२ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा कोषको कुल लगानी २ खर्ब ८९ अर्ब १६ करोड ६६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कोषको कुल लगानी २ खर्ब ४३ अर्ब ७२ करोड १८ लाख रुपैयाँ थियो। एक वर्षमा कोषको लगानी १८.६५ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कोषको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) सामान्य घटेर १९.३४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २०।७५ रुपैयाँ थियो। लगानीमा प्रतिफल ५.६८ प्रतिशत रहेको कोषको प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ रहेको छ।

prabhu mahalaxmi
kumari